Wednesday, March 14, 2018

संसारका पाँच चर्चित सेलिब्रिटी जसको एड्सले लियो ज्यान

८० को दशकमा साउथ इन्डियन फिल्म इन्डष्ट्रीकी चर्चित नायिका निशा नूरसँग रजनीकान्त र कमल हसनजस्ता चर्चित स्टार काम गर्न चाहन्थे । त्यतिबेला निशाले थुप्रै फिल्ममा काम गरिन् । तर एक निर्माताले उनलाई वेश्यावृत्तिमा धकेलिदिए जसका कारण उनले बदनामीका कारण सधैंका लागि फिल्मी क्षेत्र छोड्नुपर्यो । त्यसको थुप्रै वर्षपछि सडकमा निकै नाजुक अवस्थामा भेटिएकी थिइन् निशा । वरिपरिका मानिसहरुले उनलाई अस्पताल भर्ना गरेपछि उनलाई एड्भ भएको थाहा भयो । जब निशालाई नागोरको दरगाह नजिकै भेटियो तब उनको शरिरमा किरा र कमिलाले डेरा जमाएका थिए ।
यी अभिनेत्रीको एड्सका कारण मृत्यु भएपछि यसले मिडियामा निकै धमाका पिटेको थियो । आज हामी तपाईंलाई एड्स लागेर मृत्यु भएका पाँच सेलिब्रिटीबारे जानकारी दिँदै छौं ।


पेड्रो पाब्लो जमोराः
अमेरिकामा जब समलैङ्गिकतालाई अपराध मानिन्थ्यो तब पाब्लो यस्ता व्यक्ति थिए जसले खुलेर आफू समलिङ्गी भएको कुरा स्विकारेका थिए । पाब्लो र उनका समलिङ्गी पार्टनर सीन सस्सेर एड्सले ग्रस्त थिए । पाब्लो एमटीभीका चर्चित कार्यक्रम द रियल वर्ल्डः सान फ्रान्सिस्कोमा आफ्नो रोग र समलिङ्गी भएकोमा खुलेर कुरा गरेका थिए । उनको मृत्यु सन् १९९४ नोभेम्बर ११ तारिखमा भएको थियो । त्यसदिन उनको रियालिटी शोको अन्तिम एपिसोड पनि अन–एयर भयो । उनको मृत्यु भएको केही दिन पछि नै उनको पार्टनरको मृत्यु पनि भयो ।


जिया सारंगीः
यी अमेरिकी मोडल संसारको शीर्ष ब्रान्डका लागि मोडलिङ गर्थिन् । उनलाई २६ वर्षको उमेरमा नै एड्स लागेको थियो । एक समय उनी मोडलिङ जगतको शिखरसम्म पुगेकी थिइन् । तर उनलाई लागुऔषधको लत लाग्यो जसका कारण उनको करियरको ग्राफ खस्कन थाल्यो । निमोनियाका कारण उनलाई अस्पतालमा भर्ना गरियो जहाँ डाक्टरले उनको शरिरमा एचआइभी भाइरस पाए । त्यसको केही समयपश्चात् नै उनको मृत्यु भयो ।
 

आर्थर ऐशेः
अमेरिकाका चर्चित टेनिस खेलाडी आर्थर यूएस डेविस कपको नेतृत्व गर्ने र यूएस विम्बल्डन जित्ने पहिलो नेग्रो खेलाडी थिए । हार्ट बाइपास सर्जरीका क्रममा लिइएको रगतका कारण उनी एचआइभीको संक्रमणमा आए । आफ्नो रोगबारे थाहा पाएपछि उनले मानिसहरुलाई एड्सबारे जागरुक गराउनका लागि थुप्रै कदम उठाए । सन् १९९३ मा उनको यसै कारण मृत्यु भयो ।


रिक्की विल्सनः
अमेरिकी संगीत क्षेत्रमा निकै चर्चित थिए रिक्की । चर्चित ब्याण्ड बी५२ का उनी गितारिस्ट थिए । उनलाई आफू एचआईभी संक्रमित भएको कुरा सन् १९८३ मा थाहा भयो । त्यसको दुई वर्ष पछि रोगसँग लड्दा लड्दै उनको मृत्यु भयो । Ratopati.com

साम्राज्ञीले स्तनमा टाटु खोपाएर दोषजति मिडियालाई लगाएपछि बबाल

साम्राज्ञीले स्तनमा टाटु खोपाएर दोषजति मिडियालाई लगाएपछि बबाल

काठमाडौं – गल्ती आफू गर्ने अनि त्यस्ता समाचार बाहिर आउँदा मिडियालाई दोष दिने चलचित्रकर्मीको पूरानै शैली हो । यो शैली अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहमा पनि देखिएको छ ।
 
पछिल्लो समय दर्शकले रुचाएकी अभिनेत्री साम्रज्ञीले आफ्नो गल्तीमा मिडियालाई दोष मात्र लगाइनन्, उल्टै आक्रोस समेत पोखिन् ।
प्रशंग हो – आइतबार राजधानीमा आयोजित चलचित्र ‘तिमीसँग’को ट्रेलर लन्च कार्यक्रमको । कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारले कार्यक्रममा नयाँ समाचार मात्र पाएनन् – अभिनेत्री साम्राज्ञीको खप्की समेत खेप्नु पर्यो ।
केही पहिले अभिनेत्री साम्राज्ञी चलचित्र ‘कायरा’ छायांकनका लागि फिलिपिन्स पुगेकी थिइन् । सो समय उनले गोप्य अंग (स्तन) नजिक टाटु लेखाएको तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्बिरलाई लिएर धेरैले उनको आलोचना गरेका थिए । 
आइतबारको कार्यक्रममा अभिनेत्री साम्राज्ञीले उक्त तस्बिर सार्वजनिक हुनुको सम्पुर्ण दोष समेत मिडियालाई लगाउन पछि परिनन् । धेरै पछि सार्वजनिक कार्यक्रममा देखिएकी उनलाई मिडियाले टाटुको
बिषयमा प्रश्न तेस्र्याएका थिए । मिडियाले प्रश्न राख्न नपाउदै उनले रिसाउदै उक्त टाटुको दोष  टाटु खोप्ने कलाकार र समाचार बनाउने सञ्चारकर्मी माथि थुपारिन् । 
कार्यक्रममा उनले रिसाउदै भनिन्, ‘यो चलचित्र तिमीसँगको कार्यक्रम हो । त्यहीसँग सम्बन्धित भएर मात्र प्रश्न गर्नु होला ।’ त्यतिमा मात्र उनी रोकिइनन्, थपिन् ‘टाटु कान्डका दोषी मिडिया पनि हुन् । अर्काेको बारेमा बुझ्दै नबुझी समाचार बनाउने  ?’
साम्रज्ञीको जवाफले तनावग्रस्त भएको कार्यक्रममा आयोजकलाई मिडिया थमथम्याउन निकै हम्मे हम्मे परेको थियो । 
आयोजकले यो प्रसंग छोडौ चलचित्रको बिषयमा कुरा गरौ भन्दा पनि केही पत्रकार साम्राज्ञीतिर लक्षित गर्दै गर्जिए, ‘वास्तवमा ट्याटु बनाउने कलाकारले फोटो मात्रै अपलोड गरेका हुन् । तर फोटो त पोज दिई दिई तपाईँले नै खिचाउनु भएको थियो  । यो विषयमा किन रिसाउनु ?’
छेउमा रहेका अर्काे मिडियाकर्मी भन्दै थिए ‘धेरै पहिले अभिनेता राजेश हमालको विवादित फोटो सार्वजनिक हुँदा उनले सबैसँग माफी मागेका थिए । त्यसबेला पनि केही कमजोरीका साथ फोटो सार्वजनिक भएको थियो ।’ साम्राज्ञीले अग्रजबाट पनि केही सिक्नु पर्छ ।’
फेरि अर्का मिडियाकर्मी बोले, ‘यस्तो रिसाह प्रवृत्तिको स्वभाव सुधारिएन भने आउँदा दिनमा गाह्रो पर्न सक्छ ।’
 यी सबै कुरालाई नजिकबाट नियालीरहेका एक चलचित्रकर्मी भन्दै थिए ‘ साम्रज्ञी आज जुन धरातलमा छिन् । त्यो धरातल बन्नुमा मिडियाको पनि हात छ । यो उनले बिर्सनु हुदैन ।’
कार्यक्रममा साम्राज्ञीले टाटुको बिषयमा मात्र होइन गाउँले केटीको भूमिका नगर्ने र गाउँले मन नपर्ने बिषयमा दिएको अभिव्यक्तिको समेत खण्डन गर्नु पर्यो । Ratopati.com

सुश्री सम्पत्ती’मा हट प्रियंका

सुश्री सम्पत्ती’मा हट प्रियंका

नायिका प्रियंका कार्कीको चलचित्र ‘सुश्री सम्पत्ती’मा कस्तो भूमिका होला भन्ने कौतहुलता चलचित्रको घोषणा कार्यक्रमदेखि नै भैरहेको छ । निर्माणपक्षले चलचित्रमा प्रियंका विशेष भूमिकामा रहेको बताएको थियो ।
तर, चलचित्रको एक गीतको छायांकनसँगै प्रियंकाको भूमिका खुलेको छ । चलचित्रमा उनको एउटा आइटम गीत र केहि दृश्य भएको वुझिएको छ । पोखराको एक डिस्कोमा चलचित्रमा समावेश ‘झुम्की’ बोलको आइटम गीतको छायांकन गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा मिना निरौला र राजन इशानको स्वर छ ।
सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गरिरहेका छन् । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिने बताइएको छ । चलचित्रमा सलोन बस्नेत, प्रमोद अग्रहरि, राजाराम पौडेल, सारा लगायतका कलाकारको अभिनय छ । रमेश त्वयनाले यो चलचित्रको निर्माण गरिरहेका छन् । Onlinekhabar

‘बिर विक्रम २’मा बर्षाको इन्ट्री


निर्देशक मिलन चाम्सले चलचित्र ‘बिर बिक्रम २’ निर्माण गर्ने घोषणा केहि समय अगाडि नै गरेका थिए । चलचित्रका लागि अहिले कलाकार फाइनल गर्ने काम पनि भैरहेको छ । चलचित्र ‘बिर विक्रम’मा नायिका दिया पुनले काम गरेकी थिइन् । तर, अब ‘बिर विक्रम २’मा भने अर्की नायिकाको इन्ट्री भएको छ ।
यो चलचित्रमा नायिका बर्षा सिवाकोटीले काम गर्ने पक्का भएको छ । निर्देशक मिलन चाम्सले बर्षासँग कागजी संझौता भैसकेको जानकारी दिए । चलचित्रमा दिया पुन विशेष भूमिकामा देखिनेछिन् । मिलनका अनुसार, चलचित्रको छायांकन जेठबाट सुरु हुनेछ ।
चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने दोहिरिनेछन् । चलचित्र ‘बिर विक्रम’ हिट भएको थियो । Onlinekhabar

Monday, March 12, 2018

आँखा झिम्क्याएरै हिट प्रिया एउटा पोष्टको ८ लाख लिन्छिन्



आँखा झिम्क्याएरै प्रख्यात भएकी मलयालम नायिका प्रिया प्रकाश वारियरका अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् ।
फलोअर्स धेरै भएकै कारण केही अन्तर्राष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् । उनी कुनै पनि ब्राण्ड प्रमोट गर्दा एक पटकको आठ लाख रुपैंया लिन्छिन् । सामाजिक सञ्जालमा ब्राण्ड पोस्ट गरेर धेरै पारिश्रमिक लिनेमा उनी अग्रपंतिमा छिन् । केही ब्राण्डले प्रियासँग विज्ञापनको प्रपोजल लिएर गएका छन् ।
प्रियाप्रकाश नयाँ कलाकार हुन् । उनले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ रिलिज हुनै बाँकी छ । एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरे अनुसार प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्‍याएकी छिन् । अभिनेता निखिल सिद्धार्थले नयाँ मुभीका लागि प्रस्ताव राख्दा उनले दुई करोड पारिश्रमिक मागेकी थिईन् ।बलिउड नायिका सोनाक्षी सिन्हा एउटा पोस्टको पाँच लाख लिन्छिन् भने क्रिकेटर युवराज सिंहले पनि पाँच लाख लिँदै आएका छन् । प्रियंका चोपडा र शाहिद कपुरले भने एउटा पोस्टको १२ लाख लिने गरेका छन् ।
त्यसो त उनी एउटा बलिउड फिल्मका लागि अनुवन्ध भइसकेको समाचार पनि आएको छ । समाचारअनुसार उनी रोहित सेट्टी निर्देशिक फिल्म ‘सिम्बा’ का लागि अनुवन्धित भएकी हुन् । यो फिल्ममा उनी रणवीर सिंहको अपोजिटमा रहनेछिन् । फिल्ममा प्रियाप्रकाशको रोल खासै लामो नभएको बताइन्छ ।
Onlinekhabar

Sunday, March 11, 2018

‘तिमीसँग’ को ट्रेलर रिलिज, आकाश र नाजिरमध्ये कसकी साम्राज्ञी ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार काठमाण्डौमा पत्रकारहरुलाई देखाएपछि यो फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।
२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको लोकेशन, छायांकन गजबको छ । निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो ।
ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेता द्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको लभ-सिन देखाइएको छ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक शिशिर राणाले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । 
राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।  
विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ । ट्रेलरमा साम्राज्ञी कसकी हुन्छिन् त्यो भने सस्पेन्समा राखिएको छ । नाजिर कमेडी शैलीमा देखिएका छन् । 
साम्राज्ञी अभिनीत फिल्म 'ए मेरो हजुर २' हिट भएका कारण यसको फाइदा 'तिमीसँग' लाई हुने पक्का छ । 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । उक्त फिल्म चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।