Monday, March 12, 2018

आँखा झिम्क्याएरै हिट प्रिया एउटा पोष्टको ८ लाख लिन्छिन्



आँखा झिम्क्याएरै प्रख्यात भएकी मलयालम नायिका प्रिया प्रकाश वारियरका अहिले इन्स्टाग्राममा ५० लाखभन्दा धेरै फलोअर्स छन् । अहिले आफ्ना तीनै फलोअर्स उनको कमाईको माध्यम बनेका छन् ।
फलोअर्स धेरै भएकै कारण केही अन्तर्राष्ट्रिय ब्राण्डले उनलाई पत्याएका छन् । उनी कुनै पनि ब्राण्ड प्रमोट गर्दा एक पटकको आठ लाख रुपैंया लिन्छिन् । सामाजिक सञ्जालमा ब्राण्ड पोस्ट गरेर धेरै पारिश्रमिक लिनेमा उनी अग्रपंतिमा छिन् । केही ब्राण्डले प्रियासँग विज्ञापनको प्रपोजल लिएर गएका छन् ।
प्रियाप्रकाश नयाँ कलाकार हुन् । उनले अभिनय गरेको मलयालम फिल्म ‘ओरु अदार लभ’ रिलिज हुनै बाँकी छ । एक दक्षिण भारतीय अनलाइनले उल्लेख गरे अनुसार प्रियाले आफ्नो पारिश्रमिक दुई करोड भारु पुर्‍याएकी छिन् । अभिनेता निखिल सिद्धार्थले नयाँ मुभीका लागि प्रस्ताव राख्दा उनले दुई करोड पारिश्रमिक मागेकी थिईन् ।बलिउड नायिका सोनाक्षी सिन्हा एउटा पोस्टको पाँच लाख लिन्छिन् भने क्रिकेटर युवराज सिंहले पनि पाँच लाख लिँदै आएका छन् । प्रियंका चोपडा र शाहिद कपुरले भने एउटा पोस्टको १२ लाख लिने गरेका छन् ।
त्यसो त उनी एउटा बलिउड फिल्मका लागि अनुवन्ध भइसकेको समाचार पनि आएको छ । समाचारअनुसार उनी रोहित सेट्टी निर्देशिक फिल्म ‘सिम्बा’ का लागि अनुवन्धित भएकी हुन् । यो फिल्ममा उनी रणवीर सिंहको अपोजिटमा रहनेछिन् । फिल्ममा प्रियाप्रकाशको रोल खासै लामो नभएको बताइन्छ ।
Onlinekhabar

No comments:

Post a Comment