नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतवार काठमाण्डौमा पत्रकारहरुलाई देखाएपछि यो फिल्मको ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको हो ।
२ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा आएको यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको लोकेशन, छायांकन गजबको छ । निर्माण युनिटले रोमान्स, प्रेम, विछोड र एक्सनका दृश्यहरु समेटेर फिल्मको ट्रेलर ल्याएको हो ।
ट्रेलरमा अभिनेत्री साम्राज्ञीसँग अभिनेता द्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको लभ-सिन देखाइएको छ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक शिशिर राणाले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ ।
राणा यो फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मको कथा पनि निर्देशक तथा निर्माता शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा फिल्ममा छ ।
विदेशबाट घुम्न आएकी एक युवतीसँग दुई पुरुष पात्रको रमाइलो जर्नीको कथा फिल्मले वाचन गरेको छ । ट्रेलरमा साम्राज्ञी कसकी हुन्छिन् त्यो भने सस्पेन्समा राखिएको छ । नाजिर कमेडी शैलीमा देखिएका छन् ।
साम्राज्ञी अभिनीत फिल्म 'ए मेरो हजुर २' हिट भएका कारण यसको फाइदा 'तिमीसँग' लाई हुने पक्का छ । 'तिमीसँग' साम्राज्ञी अभिनीत तेस्रो फिल्म हो । उक्त फिल्म चैत २३ गतेबाट देशैभर प्रदर्शनमा आउँदैछ ।
No comments:
Post a Comment